जीप दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्री अस्पतालमा, एक घर फर्किए
काठमाडाैं | जेठ १, २०७९
पोखराः स्थानीय तह निर्वाचनका दिन स्याङजाको वालिङमा जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेका छन् ।
पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरुको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पोखरेलले उपचारमा पूर्ण ध्यान दिन कलेज प्रशासनलाई निर्देशन दिएका छन् ।
‘स्वास्थ्यविधि र प्रविधि गरी उपचार गर्नुहोला’ पोखरेलले भनेका छन् ‘हामी सबैलाई चाँडै निको भएर फर्केको हेर्न आतुर छौं ।’
उक्त दुर्घटनामा १४ जनाको निधन भएको थियो भने अन्य ८ घाइते भएका छन् । त्यस्तै, एकजना उपचारपछि घर फर्किएको कलेजले जनाएको छ ।
घाइतेमध्ये ३ जनाको आइसियुमा उपचार भइहेको छ । २ बालक अर्थोवार्ड र २ जनाको जनरल वार्डमा छन् ।
हाल घाइते सबै खतरामुक्त रहेको कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिएकी छिन् ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

