जीप दुर्घटनाका घाइते भेट्न मुख्यमन्त्री अस्पतालमा, एक घर फर्किए
काठमाडाैं | जेठ १, २०७९
पोखराः स्थानीय तह निर्वाचनका दिन स्याङजाको वालिङमा जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेका छन् ।
पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरुको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पोखरेलले उपचारमा पूर्ण ध्यान दिन कलेज प्रशासनलाई निर्देशन दिएका छन् ।
‘स्वास्थ्यविधि र प्रविधि गरी उपचार गर्नुहोला’ पोखरेलले भनेका छन् ‘हामी सबैलाई चाँडै निको भएर फर्केको हेर्न आतुर छौं ।’
उक्त दुर्घटनामा १४ जनाको निधन भएको थियो भने अन्य ८ घाइते भएका छन् । त्यस्तै, एकजना उपचारपछि घर फर्किएको कलेजले जनाएको छ ।
घाइतेमध्ये ३ जनाको आइसियुमा उपचार भइहेको छ । २ बालक अर्थोवार्ड र २ जनाको जनरल वार्डमा छन् ।
हाल घाइते सबै खतरामुक्त रहेको कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिएकी छिन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

